मेलबर्न । अष्ट्रेलियामा यो वर्ष नागरिकता प्राप्त गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । नागरिकता प्रक्रियामा वेटिंग समय कम गरीएसंगै नागरिकता पाउनेहरुको संख्यामा वृद्धि भएको हो ।

अष्ट्रेलियाको सिटिजनसिप एप्रुभलमा यो वर्ष ८८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ७० हजार जनाले मात्र सिटिजनसिप एप्रुभल पाएका थिए भने यो वर्ष अर्थात जुलाई २०१८ देखि मे २०१९ सम्ममा १ लाख ३२ हजार भन्दा बढीले सिटिजनसिप एप्रुभल प्राप्त गरेका छन् ।

वेटिंग टाइम घटाउनु, कर्मचारीलाई प्रशिक्षण, दक्ष कर्मचारीहरुलाई प्रोत्साहन, कार्यालयको लागि बढाइएको लगानी आदिका कारण यो वर्ष सिटिजनसिप एप्रुभलमा अत्यधिक वृद्धि भएको इमिग्रेसन डिपार्टमेन्टले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments