मेलबर्न । एनआरएन अष्ट्रेलियाको नयाँ नेतृत्व चयनकालागि भोलि शनिवार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ ।

मतदान विहान ८ बजे शुरु हुनेछ भने अपरान्ह ४ः३० बजेसम्म जारी रहने छ । मतदानकालागि वैधानिक कागजातहरुका साथै अष्ट्रेलियाको मोबाइल नम्बर हुनुपर्नेछ । मतदाताले एनआरएनएमा दर्ता गराएको मोबाइल नम्बरमा एसएमएस मार्फत ४ अंकको गोप्य पिन नम्बर उपलब्ध गराइनेछ । त्यही पिन नम्बर प्रयोग गरेर मतदाताले अनलाइन भोटिङ गर्नसक्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

एनआरएनएको आगामी कार्यकालकालागि करिब दुई सय पदमा मतदान हुनेछन् । जसकालागि करिब चार सयभन्दा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन् । उम्मेदवारीको संख्याले संस्थाको महत्व अझै बढ्दै गएको नेतृत्वको ठम्याइ छ ।

यसबाट एकपल्टको नेपाली सधैंको नेपाली भन्ने मूलमन्त्रसहित विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरूलाई एउटै छातामा सगंठित गर्न सफल भैसकेको प्रष्ट हुन्छ ।

अध्यक्षको पदमा मेलबर्नका सामाजिक अभियन्ता केशव कँडेल र एनएसडब्लुका दिनेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Comments

comments