मेलबर्न । अष्ट्रेलियामा अहिले फ्लु संक्रमणको सिजन चलेको छ । फ्लुका कारण यो वर्ष अहिले सम्ममा भिक्टोरियामा ३७ जना र न्यु साउथ व्ह्लेसमा ४७ जनाको निधन भएको छ ।

अष्ट्रेलियामा फ्लुका लागि भिक्टोरिया र न्यु साउथ व्ह्लेस सबैभन्दा खतरनाक मानिन्छन् । त्यसैले विशेषज्ञहरुले विशेषगरि यी क्षेत्रमा बसोवास गर्ने मानिसहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

फ्लुबाट १२ वर्ष मुनिका बालबालिका र ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा छिटो संक्रमित हुने गर्छन् । स्वास्थ्य विशेषज्ञहरुले अष्ट्रेलियामा यो वर्ष करिब ४ हजार व्यक्तिको ज्यान जानसक्ने अनुमान गरेका छन् । Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments