मेलबर्न । गैर आवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको आगामी नेतृत्वकालागि मेलबर्न निवासी केशव कँडेलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सन् १९९८ मा अष्ट्रेलिया आई अध्ययन सकेर व्यवसायिक रुपमा स्थापित हुनुभएका केशव कंडेल अष्ट्रेलियाको नेपाली समुदायका लागि विभिन्न सामाजिक काममा सक्रिय रहँदै आउनुभएको छ । उहाँ सन् २००८ देखि एनआरएनएसंग प्रत्यक्ष रुपमा आवद्ध हुनुभएको थियो । वर्तमान कार्यकालमा उहाँले संस्थाको उपाध्यक्ष पदको जिम्मेवारी सम्हाल्नुभएको छ ।

कंडेल अहिलेको अवस्थामा एनआरएनएको रुपान्तरणको खाँचो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ” एनआरएनको रुपान्तरण मेरो तथा हाम्रो टिमको एकमात्र एजेन्डा हो । एनआरएनएले कुनै कार्यक्रम गर्यो भने टिका, माला, सम्मान, भाषणमै समय सकिन्छ । म यो प्रवृत्तिलाई हटाउन चाहन्छु । एनआरएनएका सामान्य कार्यक्रम पनि प्रभावकारी र उत्पादनशील हुनुपर्छ भन्ने मेरो मान्यता हो “। साझा एनआरएनए, सबल एनआरएनएको नारा लिएर अगाडी बढ्नुभएका कंडेल थप्नुहुन्छ, ” एनआरएनए निश्चित समूहको होइन । यो सम्पूर्ण नेपालीको साझा संस्था हो र यो कुरा एनआरएनएले आफ्नो काम मार्फत सबैलाई आभास दिलाउनुपर्छ । जब संस्था सबैको साझा भन्ने महसुस हुन्छ, तब सामुदायिक एकता र सहभागिताले गर्दा यो सबल संस्थाको रुपमा रुपान्तरित हुन्छ” ।

केशव कंडेल एनआरएनएले नेपाली समुदायका समस्याको सम्बोधनसंगै नेपाली समुदायको समृद्धिको लागि कार्य गर्नुपर्ने विचार राख्नुहुन्छ । नेपाली समुदायलाई खेलकुदको क्षेत्रमा अगाडी बढाउने, नेपाली समुदायको सहभागिता तथा एकतालाई प्रोत्साहन गर्ने, नेपाली समुदायका नयाँ पुस्तालाई नेपालीपनसंग परिचित गराउने, नेपालको सामाजिक कामको लागि प्रभावकारी कदम चाल्ने, नेपाली समुदायको कम्युनिटी सेन्टर स्थापना गर्ने, नेपाली समुदायको हीतको लागि स्थानिय सरकारसंग लबिङ्ग गरि अगाडी बढ्ने उहाँका मूख्य योजना रहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments