मेलबर्न । गैरआवासिय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको आसन्न निर्वाचनमा आइसीसी सदस्यको लागि निराजन गौलीले उम्मेद्वारी दिनुभएको छ ।

नेपालीको लागि नेपाली फुटेर होइन जुटेर अगाडी बढ्नुपर्छ भन्ने मान्यता राख्ने गौली अष्ट्रेलियामा नेपालीहरुको संख्या बढिरहेकोले एनआरएनएले नेपालीहरुको आफ्नै संस्थाको रुपमा परिचय बनाउनुपर्ने धारणा व्यक्त गर्नुहुन्छ ।

गौली एनआरएनएले ठूला एजेन्डाहरु मात्र अगाडी ल्याउने नभई अष्ट्रेलियामा नेपालीहरुले दैनिक भोगिरहेका साना-साना समस्यहरुलाई पनि केलाउने, सम्बोधन र समाधान गर्ने गर्नुपर्छ भन्ने विचार व्यक्त गर्नुहुन्छ । यही मान्यता अनुरुप उहाँले अष्ट्रेलिया नेपाल पब्लिक लिंकको अध्यक्ष पदमा कार्यरत रही उक्त संस्थाबाट सडक सुरक्षा, बीमा सम्बन्धि जानकारी सहित घर तथा कार सुरक्षा, वाटर सेफ्टी सम्बन्धि जानकारीमुलक कार्यक्रमहरु अगाडी बढाउनु भएको थियो ।

गौली २०१३ देखि २०१५ सम्म एनआरएनए भिक्टोरियाको एससीसी मेम्बर र २०१७ देखि २०१९ को कार्यकालमा एनआरएनएको एनसीसी मेम्बरको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँले एनआरएनए एनसीसी अन्तर्गत Skill, Knowledge and Innovation (SKI) Task force को सचिवको हैसियतमा काम गर्नुभएको छ । यसका साथै उहाँले एनआरएनएको Draught effected Farmer support initiative program को संयोजकको रुपमा समेत काम गर्नुभएको छ । यी अनुभवका आधारमा पनि आफूले आगामी कार्याकालमा आइसीसी मेम्बरको रुपमा नेपाली समुदायको अपेक्षा अनुरुप आफूले काम गर्न सक्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।

नेपालको धादिङ्ग घर भएका निराजन गौली विगत सात वर्ष देखि अष्ट्रेलियाको मेलबर्नमा बसोवास गर्दै आउनुभएको छ । गौली पेशाले इन्जिनियर हुनुहुन्छ । अष्ट्रेलियाको बसाईमा उहाँ आफ्नो व्यावसायिक जीवनमा मात्र नभएर नेपाली समुदायको हितको लागि सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ ।

नेपाली समुदायको हितको लागि आफूले ल्याएको विचार र योजनालाई प्रभावकारी ढंगले लागू गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै गौलीले सम्पूर्ण उम्मेद्वार तथा मतदाताहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments