एजेन्सी । लिबियामा आप्रवासीहरूलाई राखिएको एउटा बन्दीगृहमा हवाई हमला भएको छ । आक्रमणमा परी कम्तीमा ४० जना मारिएको अधिकारीहरूले बताएका छन्।

सो आक्रमणमा थप ८० जना घाइते भएका छन्। हमला राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको एउटा बन्दीगृहमा भएको बीबीसीले जनाएको छ।

मारिनेमध्ये धेरैजसो अफ्रिकी आप्रवासीहरू रहेको बताइएको छ।

पछिल्ला वर्षमा युरोप जान खोज्ने आप्रवासीका लागि लिबिया एउटा मुख्य प्रस्थानविन्दू बन्ने गरेको छ। लिबिया लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि हिंसा र विभाजनबाट प्रताडित छ।

आपत्कालिन सेवा सम्बन्धी निकायका एकजना प्रवक्ता ओसामा अलीले समाचार संस्था एएफपीलाई बताए अनुसार प्रत्यक्ष हमला हुँदा १२० जना आप्रवासीहरू बन्द कोठाभित्र थिए।

Comments