मेलबर्न । अष्ट्रेलियाको गैर आवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा ‘नो फोन, नो भोट’ पोलिसी लागु हुने भएको छ । निर्वाचनलाई थप विश्वसनीय र व्यवस्थित बनाउनको लागि यो पोलिसी लागु हुने भएको हो ।

नो फोन नो पोलिसी अन्तर्गत, दर्ता भएका सदस्यहरुको मोबाइल नम्बरमा एउटा कोड आउनेछ । त्यो कोडलाई हेरेर कम्प्युटरमा लगइन गरेपछि मात्र भोट हाल्न सकिनेछ । यदि दर्ता गरेपछि नम्बर तथा ठेगाना परिवर्तन गरेको भएमा बुधबार साँझ ५ बजेसम्ममा आफ्नो परिवर्तित नम्बरबारे जानकारी गराउनु पर्नेछ । त्यसपछि नम्बर परिवर्तन गर्न नसकिने एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

एनआरएनए अष्ट्रेलियाका अनुसार, सुझाव संकलनको क्रममा फर्जी मतका गुनासो र यसलाई रोक्न विभिन्न सुझाव आएपछि नो फोन नो भोट पोलिसी ल्याइएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments