मेलबर्न । अष्ट्रेलियामा निम्न तथा मध्ये आय भएका मानिसहरुका लागि अब १ हजार ८० डलरसम्म कर छुट हुनेभएको छ । आज अर्थात जुलाई १ देखि नयाँ आर्थिक वर्ष लागु भएसंगै यो नियम पनि लागु हुने भएको हो ।

उक्त नयाँ कर छुट नियम अनुसार, ३७ हजार डलर भन्दा कम आम्दानी भएका व्यक्तिहरूले थप २५५ डलरसम्म कर छुट पाउनेछन् । त्यस्तै, ३७ हजार देखि ४८ हजार डलरसम्म कमाउनेहरुले १ हजार ८० डलरसम्म कर छुट पाउनेछन् ।

९० हजार डलर देखि माथि कमाउने व्यक्तिहरुको भने कमाइ बढ्दै जाँदा कर घट्दै जानेछ । १ लाख २६ हजारसम्म कमाउनेहरुलाई १ हजार ८० बाट सुरु भइ उही अनुपातमा कर छुट कम कम हुँदै जानेछ भने १ लाख २६ हजार डलर देखि माथि कमाउनेले भने १३५ डलर कर छुट पाउनेछन् ।

Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments