पुनर्वासको छैटौं बर्ष अनि महान् पर्व दशैं र तिहारको अवसर पारेर अष्ट्रेलियामा बसोवास गर्दै आएका भुटानी समुदाय ( बि सी ए ) ले एक उत्सवको आयोजना गर्यो | अक्टोबर १८ मा बेथल प्राथमिक विद्यालय परिसर मिडोज हाइटमा आयोजित विशेष कार्यक्रममा ३ सय भन्दा बढी नेपाली भाषी भुटानीहरुको सहभागिता थियो | कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थित थियो |

10733458_10202666353369221_651901622_n (1)

कार्यक्रमको सुरुवात भुटान र अष्ट्रेलियाको राष्ट्रिय गानबाट  गरिएको थियो | सो अवसरमा साना बालबालिका देखि बयोवृद्ध सहभागीहरुले बिभिन्न मनोरन्जनात्मक गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए | अष्ट्रेलिया सरकारको मानवीय सहायता कार्यक्रम अन्तर्गत ह्युम, मोरल्याण्ड र मेल्टन सिटी परिषद् अन्तर्गत बस्दै आएका नेपाली भाषी भुटानी समुदाय अहिले आफ्नो पहिचान रक्षाका निम्ति उदाउँदो समुदायका रुपमा विकसित  हुँदैछन्  |10715792_10202666351129165_803425330_n

भुटान सरकारबाट लखेटिए पछी झन्डै २० बर्ष कठिन शरणार्थी जीवन व्यतित गरेको यो समुदायले गत २००८ देखि लागु भएको शरणार्थी पुनर्वास योजना सुरु भए यता नौलो परिवेशमा आफुहरुलाई ब्यबस्थित गर्दै छन् | पुनर्वासपछिको  जीवन दैनिकी तुलनात्मक रुपमा सहज बन्दै गए पछि खुसियालीको रुपमा यो समुदायले हरेक बर्ष दशैं तिहार र पुनर्वास बार्षिकी को अवसरमा पारेर एकै ठाउँमा भेला भइ शुभकामना आदानप्रदान गर्ने गर्छन् |  

अष्ट्रेलियामा मनाइएको यसबर्षको दशैँ तिहार र पुनर्वास बार्षिकोत्सवको केहि झलक यी तस्विरहरुमा 

10735958_10202666356249293_987761238_n

10726477_10202666394810257_232901982_n

10736086_10202666397570326_1062998065_n

10735782_10202666400730405_93949980_n

Comments

comments