धनुषा प्रहरीले नक्कली रुपैंया कारोबरमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।

उनीहरुले सक्कली रुपैयाको ३ गुणा बढी नक्कली रुपैया उपलव्ध गराई दिन्छौ भनि धनुषा लगायत तराईका विभिन्न जिल्लाहरुमा ठगी गदै आएको प्रहरीले जनाएको छ ।  गिरोहलाई प्रहरीले जनकपुरको बजरंग चौकबाट पक्राउ गरेको हो । पक्राउ गरेका गिरोहलाई प्रहरी हिजो सांझ पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो ।

धनुषामा ठगी गिरोहको लेनदेन हुदै गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले नगद रु ११ लाख ९२ हजार रुपैया नगद सहित ५ जनालाई जनकपुर नगर पालिका वडा ८ स्थीत बजरंग चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी उपरिक्षक गणेश बहादुर थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कैलाली टिकापुर गाविस वडा नं. ४ का पूर्ण चन्द्र चौधरी, सर्लाही मलंगवा वडा नं. ४ का हैदर मन्सुर, सर्लाही डुमरिया गाविस वडा नं.३ का मृत्युन्जय कुमार सिंह र सशस्त्र प्रहरीका हवल्दार संजय झा र प्रहरी जवान राजेशकुमार सिंह रहेका छन् । उनीहरुमाथि ठगि मुद्धामा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको थापाले बताउँनुभयो ।

Comments

comments