नयाँ दिल्ली । भारत महाराष्ट्रको पुणेमा पर्खाल भत्किँदा कम्तिमा १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोन्धवामा शनिबार बिहान लगातारको वर्षाका कारण पर्खाल भत्किएको हो ।

६० फिट अग्लो पर्खालले सँगै जोडिएर रहेका झुपडी पुरिँदा ठूलो क्षति भएको हो । कम्तिमा दुईजना अझै भत्किएको ठाउँमा पुरिएको बताइएको छ । खोजी तथा उद्धारको काम जारी छ ।

घटनामा घाइते भएकाहरुको संख्या यकिन भएको छैन । दुईजनालाई सकुशल उद्धार गरिएको समाचार संस्था एएनआईले जनाएको छ । ज्यान गुमाउनेमा चारजना बालबालिका पनि छन् ।

Comments

comments