काठमाडौं । जमलमा कार दुर्घटनामा भएको छ । केशरमहलबाट जमलतर्फ जाँदै गरेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजे दुर्घटना भएकाे हो ।

ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन ।

 दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएको प्रहरीले जनाएको छ । कारमा सवार अन्य तीन जना रहे पनि सबै सकुशल रहेका छन् । चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो ।

कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा ठोक्किँएको हो ।

तस्बिर : Dipak Shrestha/Facebook

Comments

comments