काठमाडौं । गोरखाको एक विद्यालयकी शिक्षिकाले विद्यार्थीलाई मरणासन्न हुनेगरी कुटेकी छन् ।

गोरखा नगरपालिका वडा ११ को सेन्ट जोसेफ स्कुलकी शिक्षिका मनिषा मगरले कक्षा ५ मा पढ्ने १० वर्षीय श्रीयस श्रेष्ठलाई नीलडाम बस्नेगरी कुटेकी हुन् ।

के हो घटना ?
विज्ञान विषयकी शिक्षिका मगरले होमवर्कको कापी मागिन् । तर विद्यार्थीले आफूले कापी ल्याउन विर्सेको बताए । तर पछि हेर्दा विद्यार्थीको झोलामा कापी पाइयो । कापी पाइएपछि शिक्षिकाले ‘मलाई झुक्याउने’ पिटेको पीडित बालकलाई उद्धृत गर्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले बताउनुभयो ।

पीडित बालकको अहिले जिल्ला अस्पताल गोरखामा उपचार शुरु गरिएको छ । पीडक शिक्षिकका विरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिइएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments