बलिउड अभिनेत्री दीया मिर्जाले आर्य परम्परा अनुसार गत शनिबार एक शानदार समरोहका बीच आफ्नो प्रेमी साहिल सांगा सँग लगनगाँठो बाँधेकी छिन् |   ३२ बर्षीय अभिनेत्री दीयाले गत अप्रिलमा साहिल सँग इन्गेजमेन्ट गरेकी थिइन् | उनि लामो समय देखि साहिल सँग बिजिनेस पार्टनरको रुपमा काम गर्दै आएकी थिईन् | ” बर्न फ्री इन्टरटेनमेन्ट ” नामको  प्रोडक्सन हाउसमा उनीहरु सँग सँगै काम गर्दै आएका छन् | साहिल बलिउड फिल्म मेकर हुन् | 

dia_mirza-650_101914070101

पूर्व मिस एसिया प्यासिफिक समेत रहेकी दीया मिर्जाको जन्म हैदारावादमा भएको हो | दीया मिर्जा आर्य समाज र हिन्दु धर्ममा आस्था राख्छिन् यद्यपि उनले आफ्नो नामको पछाडी मिर्जा लेख्नुको छुट्टै पारिवारिक कारण छ | दीयाकी आमा भने बंगाली हिन्दु परिवारकि हुन् | उनि ४ बर्षको हुँदा दीयाकि आमाले पिता फ्र्यांक ह्यान्द्रिच सँग सम्बन्ध बिच्छेद गरिन् र अहमेद मिर्जा सँग बिबाह गरिन् |   त्यस पछि दीयाले आफ्नी आमा र सौताने पिताको नामबाट आफ्नो पुरा नाम दीया मिर्जा ह्यान्द्रिच राखिन् |

दीया मिर्जाले  “रहेना हे तेरे दिल में ” बाट बलिउड फिल्म नगरीमा अभिनेत्रीको रुपमा पाइला टेकेकी हुन् | उनले ३ दर्जन बढी चलचित्रमा अभिनय गरेकी छिन् |

 

Comments

comments