एजेन्सी । सन् २०२६ को विन्टर ओलम्पिक्स र पाराओलम्पिक्स इटालीमा हुने भएको छ । इटालीका दुई शहर मिलान र कोर्तिना डी’एमपेजोले प्रतियोगिता आयोजनाको जिम्मा पाएका हुन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले इटालीको पक्षमा मत दिएको हो । प्रतियोगिता आयोजनाका लागि स्वीडेनले पनि दाबेदारी प्रस्तुत गरेको थियो ।

स्केटिङ्ग तथा आइस हक्की मिलानमा हुनेछ । अल्पाइन स्किइङ्गका अधिकांश खेल कोर्तिनामा हुनेछ । यस्तै कोर्मिओ र लिविग्नोसहितका ठाउँमा पनि खेल हुने छन् ।

सन् २०२६ को विन्टर ओलम्पिक्स फेब्रुअरी ६ देखि २२ सम्म हुनेछ । यस्तै पाराओलम्पिक्स सोही वर्षको मार्च ६ देखि १५ सम्म हुनेछ ।

Comments

comments