मेलबर्न । अष्ट्रेलियन नेशनल युनिभर्सिटी नेशनल रिसर्च युनिभर्सिटी हो । अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको यो युनिभर्सिटी सन् १९४६ मा स्थापना भएको थियो ।

अष्ट्रेलियन नेशनल युनिभर्सिटी  ‘ ग्रुप अफ एइट ‘, एसोसिएसन अफ पेसिफिक रिम युनिभर्सिटीज र इन्टर्नेशनल अलायन्स अफ रिसर्च युनिभर्सिटीजको सदस्य हो । यस युनिभर्सिटीमा पढ्ने विदेशी विद्यार्थीहरुका लागि अन्डरग्राजुएट, पोस्टग्राजुएट र रिसर्च तहमा समेत छात्रवृत्तिको सुविधा रहेको छ ।

QS World University Rankings ले हरेक वर्ष विश्वका उत्कृष्ट युनिभर्सिटीको सूची सार्वजनिक गर्ने गर्छ । यो वर्षको उत्कृष्ट युनिभर्सिटीको सूचीमा अष्ट्रेलियन नेशनल युनिभर्सिटी अष्ट्रेलियाको सूचीमा पहिलो स्थानमा आएको छ भने विश्वभरका युनिभर्सिटी मध्ये २९ औं स्थानमा आएको छ ।

अष्ट्रेलियन नेशनल युनिभर्सिटी अष्ट्रेलियामा पढ्ने विद्यार्थीहरुले धेरै मन पराएको युनिभर्सिटीको सूचीमा समेत अग्रपंक्तिमा आउँछ । अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु :

  • Arts and Social Sciences
  • Business and Economics
  • Engineering and Computer Science
  • Law
  • Medicine, Biology and Environment
  • Physical and Mathematical Sciences

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments