काठमाडौँ । साझा यातायातले राजधानीमा बसहरु थप गर्ने भएको छ ।

साझाले काठमाडौं महानगरसँगको सहकार्यमा थप २० वटा बस सञ्चालन गर्ने भएको हो। साझाले ती बस असार १६ देखि सञ्चालनमा ल्याउने भएको छ। साझाका अनुसार ती बस सञ्चालनका लागि यातायात व्यवस्था विभागबाट रुट परमिटसमेत लिइसकिएको छ। ती बस काठमाडौं, ललितपुर र भक्तपुरमा चलाइने छन्।

साझाका अनुसार नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्म र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्म बस सञ्चालन गर्ने रुट तय गरिएको गरिएको छ। साझाका ७१ बस नियमित सञ्चालनमा छन्। २० वटा थपिएपछि ९१ वटा पुग्नेछन्।

Please follow and like us:

Comments