एडलेड । साउथ अष्ट्रेलियाले जेनरल स्किल्ड माइग्रेसन नोमिनेसन प्रोग्राम बन्द गर्ने भएको छ । उक्त प्रोग्राम भोली अर्थात सोमबार बिहान ९ बजे देखि बन्द हुने भएको हो ।

साउथ अष्ट्रेलियाको इमिग्रेसन शाखाले आफ्नो वेबसाइटमा उक्त प्रोग्राम केही दिनको लागि बन्द गर्न लागिएको जनाएको छ । इमिग्रेसनका अनुसार, पाइलट प्रोजेक्टको रुपमा भिसामा ल्याइएका विभिन्न योजनाहरु अपडेटको लागि केही समय नोमिनेसन प्रोग्राम बन्द हुने भएको हो । १९० / ४८९ एप्लिकेसन पेश भएका तर प्रोसेस पूरा नभएका डिलिट गरिनेछन् ।

नोमिनेसन प्रोग्राम जुलाई पहिलो साता देखि पुन: सुचारु हुनेछ ।

Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments