एडलेड । अष्ट्रेलियाको एडलेडमा एक युवकलाई अदालतले २१ महिनाको जेल सजाय सुनाएको छ । अरुको घरमा अन्धाधुन्ध गोली चलाएका कारण उनलाई उक्त जेल सजाय तोकिएको हो ।

स्टेफन गवलिककी गर्लफ्रेन्डलाई अर्का एक परिचित युवकले एउटा चुरोट दिएका थिए । जब ती गर्लफ्रेन्डले स्टेफनलाई उक्त कुरा बताईन्, उनी रिसाए । उनी यतिसम्म रिसाए की ती युवकको घर अगाडी गएर घरको झ्याल तिर गोली चलाउन थाले ।

उनले घरको झ्यालतिर पाँच राउण्ड र हलतिर चार राउण्ड गोली चलाएको बताइएको छ ।

Source : 7 News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments