मेलबर्न । अष्ट्रेलियामा विश्वकै उत्कृष्ट युनिभर्सिटीहरु रहेका छन् । यहाँका सात वटा युनिभर्सिटी विश्वका उत्कृष्ट सय युनिभर्सिटीको सुचीमा परेका छन् ।

QS Top Universities ले हरेक वर्ष आगामी वर्षको लागि विश्वमै उत्कृष्ट ठहरिएका युनिभर्सिटीको सुची सार्वजनिक गर्ने गर्छ । उक्त सुचीमा अष्ट्रेलियाका सात युनिभर्सिटी उत्कृष्ट सय भित्र पर्न सफल भएका हुन् । त्यस बाहेक पनि अन्य युनिभर्सिटी उत्कृष्ट युनिभर्सिटीको सूचीमा पर्न सफल भएका हुन् ।

युनिभर्सिटीको रिसर्च पर्फर्मेन्स, विद्यार्थीले पढाइ पछि प्राप्त गरेको रोजगारी, शैक्षिक क्षेत्रमा मिलेको नतिजा, विद्यार्थीको लागि उपलब्ध स्टाफ तथा सुविधा आदिको आधारमा सूची तयार गरिएको बताइएको छ ।

यस्तो छ अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटीको सुची

१. अष्ट्रेलियन नेशनल युनिभर्सिटी ( विश्वको २९ औं स्थानमा )

२. द युनिभर्सिटी अफ मेलबर्न ( विश्वको ३८ औं स्थानमा )

३. द युनिभर्सिटी अफ सिड्नी ( विश्वको ४२ औं स्थानमा )

४. युनिभर्सिटी अफ न्यु साउथ व्ह्लेस ( विश्वको ४३ औं स्थानमा )

५. युनिभर्सिटी अफ क्विन्सल्याण्ड ( विश्वको ४७ औं स्थानमा )

६. मोनाश युनिभर्सिटी ( विश्वको ५८ औं स्थानमा )

७. द युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलिया ( ८६ औं स्थानमा )

८. युनिभर्सिटी अफ एडलेड ( विश्वको १०६ औं स्थानमा )

९. युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी ( विश्वको १४० औं स्थानमा )

१०. युनिभर्सिटी अफ न्यु न्युक्यासल अष्ट्रेलिया ( विश्वको २०७ औं स्थानमा )

topuniversities.com/university-rankings/world-university-rankings/2020

Comments