नेतृत्व हस्तान्तरण,  कार्यकारी अध्यक्षको कार्यशैली  र आर्थिक अनियमितता छानविनको विषयलाई लिएर एनआरएन युकेमा  चुलिएको विवाद साम्य हुन सकेको छैन | 

गैर आवासीय नेपाली संघ युकेमा अन्तरिक विवाद चर्किंदै गए पछि विवाद समाधानका लागि गठित  गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद् विशेष समितिले अर्को निर्णय नभए सम्मका लागि  गैर आवासीय नेपाली संघ युकेका नाम कुनै पनि गतिबिधि नगर्न आदेश दिएको छ |  गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा शनिवार बसेको पदाधिकारी बैठकले सो विशेष समिति गठन गरेको थियो | उक्त  समितिमा गैरआवासीय नेपाली सँघका सल्लाहाकार कुल चन्द्र गौतम, डा अम्बीका अधिकारी र कानून ब्यवसायी लोकभक्त राणा छन ।

विशेष  समितिले  १ महिना भित्र एनआरएन युकेको विवाद अन्त्य गर्ने उपाए सहितको प्रतिवेदन तयार गरि गैरआवासीय नेपाली संघलाई प्रतिवेदन पेश गर्नेछ  । यसैबीच सोहि बैठकको निर्णय बमोजिम  गैरआवासीय नेपाली संघ युकेको अध्यक्ष पदमा दावी गरिरहेका महेन्द्र कँडेल र योगेन बहादुर क्षेत्रीलाई  अर्को निर्णय नभए सम्म कुनै पनि गैरआवासीय नेपाली संघ सम्बन्धित गतिविधि नगर्न निर्देश गरेको छ |

Comments

comments