सिड्नी । सिड्नीमा सप्लाई हुने पानी वर्षाको पानीमा भर पर्छ । लामो समय देखि राम्रोसंग वर्षा नभएका कारण खडेरी परेको छ । जसले गर्दा पानीको सप्लाईमा समेत कमि आएको छ ।

जल मन्त्रालयले पानीको सप्लाईमा आएको कमी र पानीको हाहाकार हुने सम्भावनालाई मध्येनजर गर्दै पानीको प्रयोगमा एक लेभलको प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध सिड्नी र सिड्नी वरपरका ठाउँलाई लागु गरिएको हो ।

उक्त एक लेभलको प्रतिबन्धमा निम्न कुराहरु पर्दछन् :
सरसफाई गर्दा, गाडी धुँदा हाई प्रेसर क्लिनिङ्ग मेसिन प्रयोग गर्न पाइनेछैन ।
बिरुवामा पानी राख्दा स्ट्यानडर्ड स्प्रिन्कल्सको प्रयोग गर्न पाइनेछैन ।
कुनै पनि ठाउँमा पानीको पाइप या धारा खुल्ला छोड्न पाइनेछैन ।
पोखरीमा १० हजार लिटर भन्दा बढी पानी भर्न पाइनेछैन ।
बाटो या ड्राइभ वे सफा गर्न, पखाल्न पानीको प्रयोग गर्न पाइनेछैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments