काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी विमला तामाङको झुन्डिएको अवस्थामा शव फेला परेको छ । आफन्तले हत्याको आरोप लगाउँदै मंगलबार अस्पतालमा ढुंगामुढा गरे । अस्पताल दिनभर तनावग्रस्त भएपछि प्रहरीले कडा सुरक्षा दिएको छ ।
रामेछाप, दोरम्बाकी तामाङको गोजीमा अस्पतालकी सञ्चालक कला सञ्जेलसहित ३ कर्मचारीको नाम उल्लेख गरिएको कागजको टुक्रा फेला परेको छ । सोही आधारमा प्रहरीले सञ्चालकसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले बताउनुभयो ।

तामाङ दुई महिनादेखि सहयोगीका रुपमा कार्यरत थिइन् । पक्राउ परेका ३ जनालाई गौशाला प्रहरी वृत्तमा राखिएको छ ।, अन्न्पूर्ण पोस्ट् दैनिकले छापेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments