मेलबर्न । अष्ट्रेलियामा बसिरहेका या अष्ट्रेलिया आउन चाहनेहरुले अष्ट्रेलियाका मुख्य कानुनको बारेमा जानकारी लिन्छन् । अष्ट्रेलियामा केही यस्ता स-साना कुरामा समेत कानुन छन्, जुन अष्ट्रेलियामा बसिरहेकालाई समेत थाहा नहुन सक्छ ।

अष्ट्रेलियामा रेलको सिटमा खुट्टा राख्नु गैरकानुनी हुन्छ । त्यस्तै गाडीको झ्यालबाट हात बाहिर निकाल्नु, अन्य देशको लाइसेन्स लिएर गाडी चलाउनु, सिट बेल्ट नबाँध्नु सानो बालकलाई बच्चा सिट बाहेक अन्यत्र बसाल्नु , गाडीको झ्यालबाट फोहोर फाल्नु जस्ता कार्य कानुन विपरित हुन् ।

त्यस्तै, अष्ट्रेलियामा आफ्नो कारको ढोका ‘लक्’ गर्नुपर्छ । ट्रेनको कभर्ड एरियामा धुम्रपान गर्नु हुँदैन । आफूले पालेको कुकुर दर्ता भएको हुनुपर्छ । फोहोर बाहिर या बाटोमा फ्याँक्न पाइंदैन । अपशब्द बोल्न पाइंदैन ।

यस्ता कानुनमा धेरैजसो अवस्थामा फाइन तिर्नुपर्ने हुन्छ । फोहोर फाल्ने, अपशब्द बोल्ने आदि काममा पहिलो पटकको लागि फाइनको चेतावनी दिएर पनि छोडिन्छ । त्यस्तै केहीमा पोइन्ट काटिने, कानुन उल्लङ्घन रेकर्डमा राखिने पनि हुन्छ । यो धेरैजसो गाडी चलाउँदा कानुन तोडेमा लागु हुन्छ ।

अष्ट्रेलियामा ठूलो आवाजमा अर्थात अरुलाई डिस्टर्ब हुनेगरि आफ्नो कार र घरमा म्युजिक बजाउन पाइंदैन । त्यस्तै, परिवार सम्बन्धि कानुन अनुसार, यदि बच्चा स्कुल नगएमा उसका अभिभावक जवाफदेही हुनुपर्छ । शिक्षा विभाग र परिवार तथा समुदाय विभागले आवश्यक सोधपुछ तथा कामकारबाही गर्न सक्छन् । Source : SBS News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments