मेलबर्न । कंडेल कन्सल्टेन्सी अष्ट्रेलियाको मेलबर्न शहरको पहिलो नेपाली कन्सल्टेन्सी हो । गुणस्तरीय र विश्वासनीय सेवाका कारण नै यो कन्सल्टेन्सीले स्थापनाको १५ वर्षमा पुगेको छ । कन्सल्टेन्सी मूख्य नारा नै इमान्दारिता र विश्वसनीयता हो ।

विशेष गरि विद्यार्थीहरुका लागि गुणस्तरीय तथा विश्वसनीय सेवा नै आफूहरुको प्रमुख उद्देश्य रहेको कंडेल कन्सल्टेन्सीका प्रमुख राज कंडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ” विद्यार्थीहरुहरुको उद्देश्य प्राप्तिका लागि सहयोग गर्नु हाम्रो उद्देश्य हो । हामी अष्ट्रेलियामा पढ्न चाहने विद्यार्थीलाई सही जानकारी दिएर उनीहरुको यात्रामा सहयात्री बन्न चाहन्छौं । विद्यार्थीहरुले आफ्नो पढाई तथा करियरलाई लिएर दुविधामा भएको समयमा हामीले उनीहरुलाई सही मार्गनिर्देशन गर्न सक्छौं । व्यवसाय हाम्रो दोस्रो प्राथमिकता हो । नेपाली विद्यार्थी र नेपाली समुदायको सहयात्री बन्नु हाम्रो प्राथमिक उद्देश्य हो ” ।

कंडेल कन्सल्टेन्सी युनिभर्सिटीसंग दर्ता भएको कन्सल्टेन्सी हो । जसले गर्दा यस कन्सल्टेन्सीले दिएका जानकारी आधिकारिक हुन्छन् भने
विद्यार्थीहरुले कुनै एजेन्ट या झन्झट बिना सहज तरिकाले भिसा प्रोसेस अगाडी बढाउन सक्छन् । नेपालमा यसका शाखाहरु काठमाडौं को पूरानो बानेश्वरमा, चितवनको नारायणगढमा र पोखराको चिप्लेढुंगामा रहेका छन् ।

अष्ट्रेलियामा रहेका विद्यार्थीले समेत विषय परिवर्तन गर्दा, भिसा सम्बन्धि समस्या आउँदा, आदि अवस्थामा यस कन्सल्टेन्सीमा कन्सल्ट गर्न सक्छन् । कंडेल कन्सल्टेन्सीको मूख्य कार्यालय मेलबर्नमा रहेको छ भने सिड्नीमा यसको शाखा कार्यालय रहेको छ ।

कंडेल कन्सल्टेन्सीले अष्ट्रेलियामा नेपाली समुदायले आयोजना गर्ने धेरैजसो कार्यक्रममा मूख्य प्रायोजन गर्ने गर्छ । यस सन्दर्भमा प्रमुख कंडेल भन्नुहुन्छ , ” नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमले यहाँ नेपाल सम्बन्धि परिचय फैलाउने अवसर दिन्छन् । यसको साथै यहाँ रहेको नेपाली समुदायले नेपालीपन, आफ्नोपन महसुस गर्न पाउँछन् । घर देखि टाढा रहेका विद्यार्थीहरुले केही समय तनाव र थकानलाई बिर्सेर आफ्नो नेपालीपन संगै रमाउने अवसर पाउँछन् । त्यसैले मलाई नेपाली कार्यक्रमहरु आयोजना भइराख्नुपर्छ भन्ने लाग्छ । ती कार्यक्रमलाई थप व्यवस्थित, व्यापक र भव्य बनाउनको लागि प्रोत्साहन गर्न हामीले कार्यक्रम प्रायोजन गर्दै आएका छौं । नेपाली समुदायको खुशी, समृद्धि हाम्रो चाहना हो ” ।

कंडेल कन्सल्टेन्सी बारे विस्तृत जानकारीको लागि दिइएको वेबसाइट लिंकमा क्लिक गर्नुहोस् >> kandelconsultancy.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments