काठमाडौं । गुठी विधेयकविरुद्ध विभिन्न समुदाय आन्दोलित हुने क्रम जारी छ । विधेयकविरुद्ध विश्व हिन्दू युवा संघले पनि आन्दोलन गर्ने भएको छ ।

हिन्दू युवा संघले आइतबार पत्रकार सम्मेलन गरी ज्ञापनपत्र बुझाउनेदेखि उपत्यका बन्द सम्मको कार्यक्रम सार्वजनिक गरेको छ । हिन्दू युवा संघले विधेयकको विरोधमा असार २ गतेबाट चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघले असार २ गते विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । असार ३ गते विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोध सभा आयोजना गर्ने र ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउने संघले जनाएको छ ।

संघले असार ५ गते काठमाडौंको बसन्तपुरमा विरोध सभा आयोजना गर्ने, ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्नेभएको छ । त्यति गर्दा पनि विधेयक फिर्ता नभए असार १० गते काठमाडौं उपत्यका बन्द गर्न बाध्ये हुने संघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले चेतावनी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments