मेलबर्न । अष्ट्रेलियामा हवाई ट्याक्सी सेवा सुरु हुने भएको छ । उबरले अष्ट्रेलिया, अमेरिका लगायत देशमा हवाई ट्याक्सी सेवा संचालन गर्न लागेको हो ।

द कन्भर्सेसनका अनुसार, उक्त हवाई ट्याक्सीको उडान मेलबर्नबाट सुरु हुनेछ । २०२० मा परिक्षण उडान हुनेछ भने २०२३ देखि व्यावसायिक रुपमा उडान सुरु हुनेछ ।

प्रदुषण रहित हुने भएका कारण हवाई ट्याक्सी सरल र लोकप्रिय हुने अनुमान गरिएको छ । उक्त हवाई ट्याक्सी पाइलट बिना चल्नेछ । मानिसहरु चढ्ने र ओर्लिने ठाउँ, रुट सबै कुराको जानकारी त्यसमा प्रोग्रामको रुपमा राखिनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments