मेलबर्न । हवाई उडानको क्षेत्र पछिल्लो पुस्ताबीच निकै लोकप्रिय मानिन्छ । पाइलटिङ,एयर होस्टेस जस्ता हवाई उडानसँग सम्बन्धित विषयहरुको अध्ययन गर्नेहरुकोलागि अष्ट्रेलिया प्रमुख शैक्षिक गन्तव्यका रुपमा रहँदै आएको छ ।

यहाँको व्यवहारिक र उम्दा पढाइले मात्र होइन कोर्ष पूरा भैसकेपछि उपलब्ध अवसरहरुले पनि धेरै विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलियाले लोभ्याएको हो ।  अष्ट्रेलियामा फ्लाईट सम्बन्धि तालिम र पढाइ हुने दर्जनौं संस्थाहरु छन् । तीमध्येका केही संस्थाहरु निम्न हुन् :

१. रिच फर द स्काई एवियेसन सर्भिसेज लिमिटेड (न्यू साउथ व्हेल्स)

सन् २००३ मा स्थापना भएको यस संस्थाले फ्लाइट सम्बन्धि करियरको लागि आवश्यक तालिम तथा ईन्टरभ्यूको लागि तयारी कक्षा दिन्छ ।

२. अलटरा ट्रेनिङ (भिक्टोरिया )

२५ वर्षदेखि तालिम दिंदै आएको यस संस्थाले नयाँ परिवर्तित ट्रेन्डसंगै फ्लाइट सम्बन्धि विभिन्न तालिम दिंदै आईरहेको छ ।

३. एवियसन अष्ट्रेलिया (क्विन्सल्याण्ड)

यस संस्थाले स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई १५० विभिन्न साझेदारी कम्पनीहरु, सरकार, डिफेन्स फोर्स, एरो स्पेससँग सहकार्य गरेर आन्तरिक तथा बाह्य उडान सम्बन्धि तालिम प्रदान गर्छ ।

४. एवियसन ट्रेनिङ सेन्टर भिक्टोरिया (मेलबर्न )

यस संस्थामा एयरक्राफ्ट मेनटिनेन्स ईञ्जिनियरिङ्ग पूर्व तयारी , क्याबिन क्रू प्रिपेरेसन कोर्ष, लाइसेन्स सम्बन्धि कोर्ष पढाइन्छ ।

५. क्विन्सल्याण्ड ईन्स्टिच्युट अफ एवियसन ईञ्जिनियरिङ (क्विन्सल्याण्ड)

सन् २००० मा स्थापना भएको यो संस्थामा एरो स्किल्स, क्याबिन क्रू ट्रेनिङ, एयर क्राफ्ट मेनटिनेन्स ईञ्जिनियरिङ आदि सम्बन्धि ट्रेनिङ दिइन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments