काठमाडौँ । भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव बिहीबार नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद मञ्जु बासीले चक्रवाती तूफान ‘वायु’का कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुन सक्ने जानकारी दिनुभयो । तर नेपालमा त्यसको बलियो प्रभाव भने नपर्ने उहाँले बताउनुभयो ।

पश्चिमी वायुको प्रभाव सक्रिय रहेकै अवस्थामा चक्रवाती तूफान ‘वायु’को सामान्य प्रभाव रहने भएकोले अधिकांश क्षेत्रको मौसम बदली हुने मौसमविद बासीको भनाई छ ।

यस्तै मुलुकका अधिकांश स्थानमा बिहीबार हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पश्चिम तराईमा विहीवार पनि हावाहुरी चल्ने सक्ने मौसमविद बासीले जानकारी दिनुभयो ।

Comments