काठमाडौं । व्यक्तित्व राम्रो बनाउनको लागि राम्रो पहिरन छान्ने गरिन्छ । हामी राम्रो पहिरन लगाएर आकर्षक देखिनको लागि फेशनलाई पछ्याउँछौं र धेरै पैसा खर्चिन्छौँ । तर, पहिरनले मात्र व्यक्ति राम्रो हुँदैन, त्यसको लागि मेकअप र गरगहना पनि सोही अनुसार हुनुपर्छ ।

मेकअपमा लिपिस्टिक महत्वपूर्ण सामग्री छ । जुनसुकै मेकअपमा पनि लिपिस्टिकले महत्वपूर्ण भूमिका खेल्छ । लिपिस्टिकले अनुहार तथा मेकअपमा पूर्णता ल्याइदिञ्छ । तर मेकअप र पहिरन अनुसार लिपिस्टिक मिलेन भने अनुहारमा चमक हुन्न । यसले अनुहारलाई भद्दा देखाउन सक्छ ।

अनुहारको मेकअपलाई राम्रो बनाउनको लागि लुगा अनुसारको रंगको लिपिस्टिक लगाउनुपर्छ । पछिल्लो समय गुलाबी रंगको लिपिस्टिक निकै चलेको छ । यो लिपिस्टिक विशेष गरि कालो रंगको लुगासंग राम्रो देखिन्छ । त्यसो त, कालो रंगको लुगासंग जुनसुकै रंगको लिपिस्टिक पनि मिल्छ। यदि सेतो लुगा लगाउंदै हुनुहुन्छ भने, सेतो रंगको लुगासंग गाढा रंगको लिपिस्टिक लगाउँदा राम्रो देखिन्छ । त्यस्तै, यदि गोल्डेन रंगको लुगा लगाउने हो भने रातो रंगको लिपिस्टिकले निखारता ल्याइदिञ्छ  ।

भिडियो >>  https://www.youtube.com/watch?v=tBr6GcPwQGc&feature=player_embedded

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments