बलिउडमा सबैभन्दा चर्चित जोडी छिटै पवित्र विवाह बन्धनमा बाँधिने संकेत देखिएको छ | पछिल्ला मिडिया पृष्ठहरुमा बलिउड बार्बी डल कट्रिना क्यैफ र रक स्टार रणवीर कपुरको बिबाहको चर्चा खुब बढेको छ |

katrina-ranbir-couple-2

अघिल्लो बर्ष पनि सन् २०१३ को अन्त्य तिर यो जोडीको बिबाहको चर्चा चलेको थियो | यद्यपि त्यो चर्चामा नै सिमित रह्यो | | “मिड डे” मा कट्रिनाले दिएको अन्तर्वार्तालाई मात्रै पनि आधार मान्ने हो भने रणवीर कपुर उनका जीवनका लागि सबै भन्दा अलग हुन् |  कट्रिनाले पछिल्लो समय रणवीर सँगको निकटता बिशेष रहेको बताउंदै आउँदा जानकारहरुले उनीहरुको बिबाहको सम्भावित मिति यहि फेब्रुअरी १४ भ्यालेन्टाइन डे लगभग तय भएको बताएका छन् यहि मितिलाई मध्यनजर गर्दै “तमाशा” मा अभिनय गर्दै गरेका रणवीरले फेर्ब्रुअरी अघिनै आफ्नो काम सिध्याउने तयारी गरेका छन् | त्यसो त कट्रिना क्यैफले पनि आफ्नो समय तालिका अघि सारेको बलिउड श्रोतहरुले उल्लेख गरेका छन् |

हंगकंगमा जन्मिएकी बेलायती नागरिक कट्रिना क्यैफको आगमन कपुर  खानदानका लागि पनि रौनक कै बिषय बनेको छ |   कपुर खानदानमा रणवीरको बिबाह धुमधाम सँग गर्ने तयारी भएको बुझिएको छ | कट्रिनालाई कपुर परिवारमा स्वागत गर्न कपुर खानदान अहिले देखिनै जुट्न थालेको बताईन्छ | यदि यो सबै श्रोतका दावीहरु सत्य सावित हुन सके प्रदर्शनको तयारीमा रहेको कट्रिना रणवीर अभिनित चलचित्र “जग्गा जासुस” सार्वजनिक हुनु अघि नै यिनीहरु पतिपत्नीका रुपमा हुनेछन् ||

कपुर खानदानले रणवीर कट्रिनाको बिबाहमा दुई थरि समारोहको आयोजना गर्दैछन् | एउटा पारिवारिक जमघट सहितको बिशेष पुजा हुनेछ भने अर्को भब्य पार्टीको आयोजना हुने छ जहाँ रणवीरका सबै सहकर्मी शुभचिन्तक ,आफन्त र साथीभाईहरुलाई आमन्त्रित गरिनेछ | दुई किसिमको यो जमघट फरक मितिमा हुने बलिउड श्रोतहरुले उल्लेख गरेका छन् |

Comments