ब्यवस्थापिका संसदले आज आर्थिक बर्ष २०७१÷०७२ को बजेट पारित गर्ने भएको छ ।

यसअघि कार्यव्यवस्था परामर्श समितिले बनाएको कार्यतालिका अनुसार छोटो प्रक्रियाबाट आज बजेट पारित गर्न लागिएको छ । बिहान ११ बजे बस्ने बैठकमा केही विधेयक पेश हुने र सभासदहरुले भनाई राखेपछि बजेट पारित गरिनेछ । समय अभाव भएमात्रै बजेट भोलि पारित गरिने संसद सचिवालयले जनाएको छ । बजेटमाथि मन्त्रीले जवाफ दिइसकेका छन् । कात्तिक पाँच गतेराष्ट्रपति डा रामबरण यादवबाट प्रमाणीकरण गराउने कार्यक्रम रहेको छ । त्यसपछि बजेट कार्यान्वयनमा ल्याउने छ । आजै संसदका पाँच वटा समितिका बैटक बस्दैछन् । अर्थसमितिमा बजेट पेश गर्ने कार्यतालिका र आर्थिक बर्ष फेर्ने विषयमा छलफल हुनेछ ।

Comments