मेलबर्न ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने तीन साता लामो अष्ट्रेलिया बसाइपछि आज स्वदेश फर्किने भएका छन् ।

एकपछि अर्को विदेशी फ्रेन्चाइजी लिग खेलेर चर्चाको शिखरमा रहेका सन्दीप अष्ट्रेलियाका क्रिकेट एकेडेमीसँग केही छलफल लगायत केही व्यक्तिगत काममा लागि अष्ट्रेलिया पुगेको थिए ।

आसन्न आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटको तयारीका लागि उनी नेपाल फर्किन लागेका हुन् ।

अष्ट्रेलिया बसाईका क्रममा उनले केही क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुसँग महत्वपूर्ण भेटघाट गरेका थिए । इन्डियन प्रिमियर लिग आइपीएल खेलेर फर्किएपछि केही दिनको नेपाल बसाईपछि उनी अष्ट्रेलिया पुगेका थिए ।

उनी अष्ट्रेलियामा हुँदा दोस्रो पटक क्यारेवियन प्रिमियर लिगका लागि विक्रि भएका थिए । अघिल्लो संस्करणमा मात्र ५ हजार डलरमा विक्रि भएका उनी यसपटक ७० हजार डलरमा विक्रि भएका छन् ।

Comments

comments