काठमाडौं ।  भारतीय टेलिभिजन च्यानल जिटिभीबाट प्रसारण हुँदै आएको सारेगमप लिटल च्याम्प्सको आइतबार फाइनलमा इटहरी–५ का एघार वर्षीय प्रितम आचार्य तेस्रो भएका छन्।

छ जनाको ुटप(६ु मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन्। यो प्रतियोगिता सुगन्धा दातेले जितेकी छन् भने दोस्रो भए मोहम्मद कैफ।

प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी ुरियालिटी शोु को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई नेपालीले आइतबारको ग्राण्ड फाइनलमा पनि निर्णायक र पाहुनाहरूको वाहवाही बटुले। आयुषको प्रदर्शनपछि निर्णायक मण्डलका शानले रोमान्टिक गीतमा आयुष अरू प्रतिस्पर्धीभन्दा एक कदम अगाडि रहेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूआतदेखि नै निर्णायक मण्डल र सेलेब्रिटीु पाहुनाहरूको मन जित्दै आएका थिए। उनले गाएको सन्देशे आते हैुं र तडप तडपके गीत खुबै रूचाइएका थिए।

Comments

comments