म्याग्दीको बेनी नगरपालिका ९ घतान काउलेगौडामा अरिङ्गालले टोकेर एकै घरका तीन जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा ५५ वर्षीय दल पुरी, पत्नी ५५ वर्षीया  शिव पुरी र १२ वर्षीय छोरा आशिष रहेको बताइएको छ । उनीहरुको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा शनिवार राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार हिजो विहान ११ बजे घर नजिकैको जंगलमा दाउरा काट्न जाँदा उनीहरुलाई अरिङ्गालले टोकेको थियो । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा र्पुयाइएको हो ।

Comments