मेलबर्न । गैर आवासीय नेपाली संघ एनआरएनएले सदस्य संख्या सार्वजनिक गरेको छ ।

नयाँ नेतृत्वकालागि हुन लागेको निर्वाचनको एक महिना समय बाँकी रहँदा एनआरएनएले सदस्य संख्याबारे अद्यावधिक सार्वजनिक गरेको हो । एनआरएनएले सार्वजनिक गरेको विवरण अनुसार सदस्य संख्या कुल ११ हजार ८१३ रहेको छ । जसमध्ये १ सय ७७ जनाको सदस्यता भने प्रमाणित गर्न बाँकी रहेको उल्लेख छ । एसोसियट सदस्य संख्या भने ६० रहेको छ । एसोसियट सदस्यलाई निर्वाचनमा मतदान अधिकार हुँदैन ।

सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी सदस्य न्यू साउथ वेल्समा रहेको छ । जहाँ ४६१४ प्रमाणित सदस्य रहेका छन् । यस्तै १०८ जना प्रमाणित हुन बाँकी र २८ जना एसोसियट सदस्य रहेका छन् ।

भिक्टोरियामा कुल २०१८ सदस्य रहेका छन् । जसमध्ये १९९९ जना प्रमाणित सदस्य हुन् भने १२ जनाको प्रमाणीकरण बाँकी रहेको छ । भिक्टोरियामा ५ जना एसोसियट सदस्य रहेका छन् ।

यसैबीच एनआरएनए अध्यक्ष टोनु घोतानेले जुन ६ मै निर्वाचन सम्पन्न गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । सदस्यताबारे कुनै दाबी विरोध भए मे ३१ भित्र उजुरी गर्न पनि उहाँले अपिल गर्नुभएको छ ।

Comments