एजेन्सी । एक महिलाले बलात्कारको आरोप लगाएपछि आफ्नो बयानका लागि ब्राजिलका फुटबल स्टार नेइमार प्रहरी चौकी पुगेका छन् ।

ब्राजिलकै महिलाले आफूमाथि नेइमारले पेरिसको एक होटलको कोठामा बलात्कार गरेको भनेर उजुरी दिएपछि २७ वर्षका स्टार खेलाडी बयानका लागि शुक्रबार रियो दि जेनेरियो स्थित प्रहरी चौकी पुगेका हुन् ।

टेलिभिजन अन्तर्वार्ता मार्फत सार्वजनिक रुपमा पनि नेइमार माथि ती महिलाले आरोप लगाएकी छन् । तर नेइमारले भने सम्पूर्ण आरोप अस्वीकार गर्दै आएका छन् ।

नेइमारले मे १५ का दिन भएको भनिएको घटनामा आफू दोषी नरहेको उल्लेख गरेका छन् । उनले प्रहरी चौकी अघि भेला भएका फ्यानलाई साथ र सहयोगका लागि धन्यबाद पनि भनेका छन् ।

कोपा अमेरिकाको तयारीमा रहेका नेइमार चोटका लागि प्रतियोगितामा खेल्न नसक्ने भएका छन् । अस्पतालमा रहेका नेइमार बयानका लागि प्रहरी चौकी पुगेका हुन् ।

Comments