काठमाडौं । पर्व तथा विवाहको मौसममा मेकअपलाई विशेष ध्यान दिने गरिन्छ । मेकअपको लागि फाउन्डेसन नभई नहुने सौन्दर्य सामग्री हो । साधारण समारोह देखि बेहुलीको मेकअप सम्ममा फाउन्डेसनलाई महत्वपूर्ण मानिन्छ ।

अनुहारको रंग फरक फरक हुन्छ भने छालाको प्रकार पनि फरक फरक हुन्छ । बजारमा छालाको रंग र प्रकार अनुसार फरक फरक फाउन्डेसन उपलब्ध हुन्छ । आफ्नो छालाको रंग र प्रकार हेरेर फाउन्डेसन किन्नुपर्छ । होइन भने, मेकअप एकदमै भद्दा हुने, छालामा असर हुने आदि हुन सक्छ । फाउन्डेसन उपलब्ध हुने पसलमा सजिलै संग आफ्नो छाला अनुसारको फाउन्डेसन पाउन सकिन्छ ।

फाउन्डेसन मुख धोएपछि लगाइहाल्ने गर्नु हुँदैन । यसो गर्दा फाउन्डेसन नसर्ने, छालाको रंग एकनास नदेखिने, फाउन्डेसन पेन्ट जस्तो देखिने आदि समस्या हुन्छ । त्यसैले मुख धोइसकेपछि सुरुमा मोस्चराइजर लगाउनुपर्छ । यसको लागि कुनै विशेष तेल या क्रिम प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले फाउन्डेसन लगाएपछि पनि छालाको चमक बढ्छ र फाउन्डेसन लगाउँदा फाउन्डेसन सजिलोसंग छालामा फैलिन्छ । त्यसपछि प्राइमरको रुपमा कुनै जेल या क्रिम लगाउनुपर्छ । यसले फाउन्डेसन लामो समयसम्म टिक्छ । फाउन्डेसन लगाउँदा औंला या हातले नफैलाई, क्रिम लगाउने कुनै सामग्रीले राम्रोसंग लगाउनुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments