काठमाडौं । भारतले नाकाबन्दीको झल्कोदिनेगरी फेरि एक पटक ७० वटा नेपाली ट्याङ्कर रोकेको छ ।

पश्चिम बंगालबाट नेपाल भित्रिने ७० वटा ट्याङ्कर रोकिएपछि झापामा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएको छ । साविकको मेची अञ्चलमा पेट्रोलियमको हाहाकार भएको हो । भारतको पश्चिम बंगाल सरकारले डाटा इन्ट्री सिस्टममा आएको परिवर्तनको कारण देखाउँदै भारतले केहीहप्तादेखि समस्या पारेको छ ।

नेपाल आयल निगम चारआली कार्यालय झापाकाअनुसार बिहीबार ७० वटा ट्यांकर रोकिएका छन् । भारतीयको अवरोधले दुई साता यता मेची अञ्चलमा इन्धनको बजार अस्थिर बनेको छ । भारतको पश्चिम बंगाल हुँदैं झापा आउने पेट्रोलियम पदार्थ बोकेका गाडी रोकिएपछि अन्य नाकाबाट आपूर्ति गरिएको निगमले जनाएको छ ।

Comments

comments