एजेन्सी । वेस्ट इन्डिज क्रिकेट टिमबारे जानकारी राख्ने धेरैलाई वेस्ट इन्डिज भन्ने यो पृथ्वीमा कुनै देश छैन भन्ने जानकारी नहुन सक्छ ।

वेस्ट इन्डिज क्रिकेट खेल्ने केही क्यारेबियन देशको समूह हो, अलग अलग देश क्रिकेट खेल्न वेस्ट इन्डिजका नाममा एक जुट भएका छन् ।

यी सबै क्यारेबियन देशमा फुटबल पनि लोकप्रिय छ । तर, केवल क्रिकेट खेल्न मात्रै खेलाडी एकजुट हुने गरेका छन् । यो टिमको स्थापना सन् १९२८ मा भएको थियो र यसले आफ्नो पहिलो खेल इंग्ल्यान्डविरुद्ध खेलेको थियो । जसमा वेस्ट इन्डिज ५८ रनले हारेको थियो ।

क्यारेबियन टापु मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको क्यारेबियन सागरमा छ । क्यारेबियन टापुको समूहमा हजारौं साना ठूला टापू भएको विश्वास गरिन्छ । तर, यीमध्ये केवल १५ देशका खेलाडी वेस्ट इन्डिज क्रिकेट टिमबाट खेल्ने गर्छन् ।

धेरैजसो खेलाडी जमैका, गुएना, ट्रिनिदाद एन्ड टोबागो, हैटी, द डोमिनिकन रिपब्लिक, पोर्टो रिको, युनाइटेड स्टेट्स अफ भर्जिन आइल्यान्ड, द लिवार्ड आइल्यान्ड एन्ड विन्डवार्ड आइल्यान्ड, सुरिनामलगायत देशका हुने गरेका छन् ।

त्यसैले हामी वेस्ट इन्डिजको झन्डालाई क्रिकेट झन्डाका रुपमा पनि लिन सक्छौं । क्यारेबियन देशका मानिस धेरैजसो अफ्रिकी मूलका छन् ।

यसका साथै युरोपेली, भारतीय र चिनियाँ मूलका मानिस पनि यहाँ बसोबास गर्छन् । भारतीय मूलका धेरै मानिस क्यारेबियन देश पुगेका थिए । सुनील नारिन, रवि रामपाल, शिवनारायण चन्द्रपालजस्ता खेलाडी भारतीय मूलका हुन् ।

क्यारेबियन क्षेत्रमा २८ देश छन्, जसमध्ये केहीमा अहिले पनि बेलायत र फ्रान्सको उपनिवेश कायम छ । सबैभन्दा ठूलो क्यारेबियन देश क्युबा हो ।

क्युबाको क्षेत्रफल ४२ हजार ८०४ वर्गकिलोमिटर छ । क्युबाको जनसंख्या १ करोड १० लाख छ । सबैभन्दा सानो क्यारेबियन देश सेन्ट किट्स एन्ड नेक्सी हो । यसको क्षेत्रफल २६१ वर्गकिलोमिटर र जनसंख्या ५० हजार छ ।

वेस्ट इन्डिज सिंगो देश नभए पनि सन् २०१६ को टी–२० विश्वकपको उपाधि जितेर उसले एक जुट भएमा सफलता पाउन सकिन्छ भन्ने उदाहरण पेस गरेको थियो ।

Comments

comments