मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा सोमबार रैला नाइट रिलोडेड आयोजना हुनेभएको छ । गत वर्ष आयोजना भएको रैला नाइटको ठूलो सफलता पछि नेप्ले इभेन्टले यसपाली रैला नाइट रिलोडेडको आयोजना गरेको हो ।

रैला नाइटमा १८ वर्ष भन्दा माथीको उमेरका व्यक्ति मात्र सहभागी हुन पाउनेछन् । जसअनुसार, सहभागी आफ्नो परिचयपत्र सहित कार्यक्रममा जानुपर्नेछ ।

रैला नाइटको लागि प्रि बुकिङ्गको समेत सुविधा रहेको आयोजकले बताएका छन् । प्रि बुकिङ्ग गर्नेहरुका लागि १० डलर र कार्यक्रमको दिनमा टिकट लिनेहरुका लागि २० डलर टिकट शुल्क लाग्नेछ । आयोजकका अनुसार, समूहमा टिकट लिनेहरुका लागि स्पेसल छुट र ड्रिंक कार्डको समेत व्यवस्था रहेको छ ।

रैला नाइट यही जुन १० अर्थात आउँदो सोमबार क्राउन थेरापीमा हुनेछ । कार्यक्रमलाई ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजन गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments