काठमाडौं । पूर्वका चार जिल्लामा चन्द ‘विप्लव’ समूहका गतिविधि बढेको सूचनाको आधारमा डिएसपीकै कमाण्डमा सुरक्षाकर्मी खटिएका छन् ।

हातहातियारसहित विप्लव समूहका कार्यकर्ता जिल्लाका विभिन्न भागमा गतिविधि गरिरहेको सूचना पाएपछि प्रदेश १ कार्यालयको आदेशअनुसार डिएसपीकै कमाण्डमा सुरक्षाकर्मी खटिएका हुन् ।
भोजपुर, संखुवासभा, खोटाङ र सोलुखुम्बुका प्रहरी प्रमुख आफैं विप्लवका कार्यकर्ता खोज्न खटिएका हुन् ।

भोजपुरका केशवकुमार थेवे, संखुवासभाका मीनबहादुर लामा, सोलुका शालिकराम शर्मा, खोटाङका राजकुमार केसी आफैँ फिल्डमा छन् ।

प्रदेश १ प्रहरी कार्यालयका प्रमुख केदार रिजालले ती जिल्लामा विप्लव समूहको गतिविधि बढेका कारण जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई नै फिल्डमा खटिन आदेश दिएका थिए ।, समाचार नागरिक दैनिकले छापेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments