काठमाडौं । सरकारले बुधबार सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा मन्त्रिपरिषद् बैठकको जेठ १० गतेको निर्णय अनुसार बुधबार सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

यसैगरी प्रदेश २ सरकारले  पनि मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा बुधबार सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका शाखाअधिकृत हेम बहादुर कार्कीले एक विज्ञप्ति जारी गर्दै बुधबार प्रदेश २ मा सार्वजनिक विदा दिइएको जानकारी गराइएका हुन्।

Comments

comments