डार्विन । अष्ट्रेलियाको डार्विन सहरमा गोली चलेको छ । आज अर्थात मंगलबार बेलुका ६ बजेको आसपासमा डार्विन स्थित एक होटलमा गोली चलेको हो ।

प्रत्यक्षदर्शीका अनुसार एक व्यक्ति McMinn स्ट्रीटमा रहेको पाम्स होटलतिर गए । त्यसपछि दश पटक फायरिंग गरे । फायरिंग गरेपछि ट्रकमा चढे र भागे ।

उक्त फायरिंगमा परि कम्तिमा ४ जनाको मृत्यु भएको र दुई जना सख्त घाइते रहेको बताइएको छ ।

घटना लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । शंकाको आधारमा प्रहरीले एक ४५ वर्षीय व्यक्तिलाई पक्राऊ गरेर अनुसन्धान अगाडी बढाएको छ ।

Photo Source : News.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments