काठमाडौं । अञ्जली अधिकारी यतिखेर चर्चामा रहेकी अभिनेत्री हुन् । गायक प्रकाश सपुतको पछिल्लो गीत गलबन्दीकी यी अभिनेत्री आफ्नो लजालु अभिनयका कारण श्रोता र दर्शकको नजरमा अटाएकी हुन् ।

यसअघि प्रकाशकै बोलमाया बोलको गीतको म्यूजिक भिडियोमा उत्कृष्ट अभिनय गरेपछि अञ्जलीको क्रेज ह्वात्तै बढाएको थियो । त्यही क्रेजले उनलाई म्युजिक भिडियोमा व्यस्त बनायो भने चलचित्र प्रसादमा केमियो गर्ने अवसर पाइन् ।

गलबन्दीको लोकप्रियतासँगै अञ्जली चलचित्र प्रेमगीत ३ को सम्भावित नायिकाका रुपमा समेत मिडियामा छाइरहेकी छिन् । मुख्य अभिनेत्रीका लागि अडिसन जारी राखेको प्रेमगीत ३ को अन्तिम प्रतिस्पर्धीका रुपमा अञ्जली सहभागी भएपछि उनको प्रवल सम्भावनालाई लिएर चर्चा भैरहेको छ । नेपालगञ्जकी रैथाने अञ्जलीले पनि आफू छनौट हुनेमा विश्वस्त रहेको अन्तर्वार्ताहरु दिइरहेकी छिन् ।

कतिसम्म भने प्रेमगीत ३ की गीत बन्ने धुनमा उनले अफर आएका केही राम्रा म्युजिक भिडियोहरु समेत लत्याइरहेकी छिन् । यसबाट अञ्जलीको फिल्मक्रेज त झल्किन्छ तर म्यूजिक भिडियो क्षेत्र भने उनको व्यवहारले चिढिने खतरा बढेको छ ।

Comments

comments