एजेन्सी । तेह्र जना सवार भारतीय वायु सेनाको एउटा जहाज सोमवार दिउँसोदेखि बेपत्ता भएको छ । वेपत्ता विमानबारे राति १० बजेसम्म कुनै खबर प्राप्त भएको छैन ।

पूर्वी भारतको आसमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज सोमवार अपरान्ह १२ बजेर २४ मिनेटदेखि हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त जहाज अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो । टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको छ ।

मेचुका उपत्यका अरूणाञ्चलमा चीनको सीमाना नजिकै पर्छ ।

Comments