कंडेल कन्सल्टेन्सीको प्रस्तुतिमा दीपक बज्राचार्य एण्ड ब्याण्डको सांगीतिक सन्ध्या आज साँझ बिल्बर्ड द भेन्युमा आयोजना हुँदैछ |
नेपाली संगीतमा संसार नचाउने ” लेट्स द वर्ल्ड डान्स इन नेपाली म्यूजिक ” नारा लिएर नेपाली संगीतप्रेमीको बाहुल्यता भएका राष्ट्रहरुमा गाउँदै हिडेका चर्चित प़प गायक दीपक बज्राचार्य हाल अष्ट्रेलियाका बिभिन्न सहरहरुमा आफ्ना प्रस्तुतिहरु पस्किरहेका छन् | अष्ट्रेलियामा “क्रिम अफ रिदम” शीर्षकमा दमदार सांगीतिक माहौल सिर्जना गर्दै केहि दिन अघि सिड्नी, एडिलेड अनि ब्रिसबेनमा युवा संगीत प्रेमीहरु माझ पुगिसकेको  दीपक बज्राचार्य एण्ड ब्याण्डले  साँझ ६ बजे मेलबर्न तताउँदै छन् |

दीपक बज्राचार्य पछिल्लो पटक नेपाली लोकबाजाहरुलाई आधुनिक संगीतमा प्रयोग गरि संसार सामु चिनाउन लागि परेका छन् | उनले प्रस्तुत गर्ने सांगीतिक कार्यक्रममा अत्याधुनिक बाजा हरुका साथमा नेपाली लोकबाजाहरुको सुमधुर मिश्रण प्रत्यक्ष सुन्न पाइन्छ | बज्राचार्यले परम्परागत नेपाली मौलिक बाजाहरुलाई विदेशमा परिचित गराउन र नेपाली संस्कृतिको प्रवद्र्धन गर्न यो सांगीतिक  कार्यक्रम अघि बढाएका हुन् । पश्चिमा संगीतप्रति झुकाव राख्ने नेपाली युवाहरुलाई परम्परागत नेपाली संगीतको महत्वप्रति सचेत गराउने र विदेशमा समेत नेपाली संगीत सुनाउने प्रयासस्वरुप यो कार्य गरेको गायक दीपक बज्राचार्य बताउँछन् | 

यस सांगीतिक कार्यक्रमको ब्यबस्थापनको जिम्मा एस इभेन्टस् एण्ड मल्टिमिडियाले लिएको छ  |  हिमालयन कंगारू यस कार्यक्रमको अनलाइन  मिडिया पार्टनरको रुपमा रहेको छ |
10735908_10204157423607607_706430490_n

Comments

comments