मेलबर्न । अष्ट्रेलियामा बसोवास गर्दै आएका प्रकाश के.सीको परिवारमा बज्रपात पर्यो, जतिबेला डाक्टरहरुले उनलाई ब्लड क्यान्सर भएको बताए ।

प्रकाश श्रीमती र दुई सन्तान सहित अष्ट्रेलियाको भिक्टोरिया राज्य स्थित आल्बरीमा बस्दै आएका थिए । तर प्रकाशको उपचार त्यहाँ असम्भव भएपछि उनीहरु मेलबर्नमा अस्पतालको नजिक बस्न थालेका छन् । डाक्टरहरुका अनुसार, प्रकाशको अब पाँच महिनासम्म किमोथेरापी गर्नुपर्छ र बाँकी ८ महिना उनले बेड रेस्ट गर्नुपर्ने हुन्छ ।

प्रकाश केसीका कान्छा सन्तान मात्र ११ महिनाका छन् । परिवारको आवश्यक खर्च सबै प्रकाशले धान्दै आएका थिए । त्यसमाथि लिज एग्रिमेन्ट भएको बसिरहेको ठाउँबाट सर्नुपर्दाको दोहोरो खर्च, बच्चाको रेखदेख, औषधि उपचार सबैकुराले यतिबेला परिवारलाई थिचिरहेको छ ।

प्रकाश केसीको परिवारको यो अवस्थामा सहयोग गर्नको लागि अहिले नेपाली समुदाय जुटिरहेको छ । प्रकाश केसीलाई सहयोग गर्न चाहनेले Gofundme मार्फत सहयोग गर्न सकिनेछ । यसको लागि यो लिंकमा क्लिक गर्नुहोस् > gofundme.com/help-paras-kc-fight-cancer

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments