एडलेड । साउथ अष्ट्रेलियामा अहिले फ्लुका बिरामीहरु बढिरहेका छन् । जाडो मौसमसंगै साउथ अष्ट्रेलियामा फ्लुका बिरामीहरु बढ्नेगर्छन् । त्यसमा पनि यो वर्ष फ्लुले सबैभन्दा बढी प्रभावित पारेको राज्य सरकारले जनाएको छ ।

गत वर्ष फ्लुका बिरामीको संख्या १ हजार ४ सय बढी रेकर्ड भएको थियो भने यो वर्ष फ्लुका बिरामीको संख्या १६ हजार नाघिसकेको छ ।

फ्लुका कारण साउथ अष्ट्रेलियामा गत हप्ता मात्र दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म साउथ अष्ट्रेलियामा फ्लुका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

राज्य सरकारको स्वास्थ्य विभागले फ्लुबाट सजिलै संक्रमित हुन सक्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलाहरुलाई फ्लु विरुद्धको खोप लगाउनको लागि अनुरोध गरेको छ । Source : 7 News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments