एजेन्सी । स्पेनको राजधानी मड्रिडबाट युरोपको च्याम्पियन बनेर फर्किएको लिभरपुललाई समर्थकले गृह शहरमा भव्य स्वागत गरेका छन् ।

शनिबार राति भएको च्याम्पियन्स लिग फुटबलको फाइनलमा अर्को इंग्लिस क्लब टोटनह्यामलाई २–० ले पराजित गरेर लिभरपुलले उपाधि जितेको थियो ।

गएको वर्ष उपविजेतामा सीमित भएको जर्गेन क्लोप्पको टिम लिभरपुलले यो सिजन सेमिफाइनलमा बार्सिलोनालाई स्तब्ध बनाएको थियो उत्कृष्ट पुनरागमन गरेर ।

उसले फाइनल पनि जितेर युरोपको फुटबल च्याम्पियन बनेको हो । लिभरपुलमा आइतबार भएको परेडमा सात लाख ५० हजार भन्दा बढी समर्थकले विजयी टोलीको स्वागत गरेका हुन् ।

Comments

comments